मास्क नलगाई हिँडे सय रुपैयाँ जरिवाना !


विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मास्क नलगाईं हिंडे अब एक सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो । जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिको निर्णयबाट अनिवार्य मास्क लगाउन पर्ने नियम लगाएको छ ।

अहिले कोरोनाको उच्च गतिमा फैलन ओमिक्रोनको जोखिम बढेपनि बजार तथा भिडभाड हुने क्षेत्रमा मास्कबिना हिँडडुल गर्ने मानिसको संख्या अधिक देखिन्छ । अब पसल तथा व्यवसाय संचालकले समेत सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने छ ।

मादण्ड पालना नगर्ने व्यवसयीलाई पाँच हजार नगद जरिवाना गराइनेछ । पछिल्लो समय विराटनगरसँग सीमा जोडिएको बिहार राज्यका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न शुरु भएसँगै संभावित जोखिम नियन्त्रण गर्न स्थानीय तह र प्रशासन सक्रिय भएका छन्

प्रकाशित : २०७८ पुष २६, सोमबार १२:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ