Big News- प्रदेश २ सरकारले शहीद परिवारलाई ३/३ लाख दिने तयारीमा


जनकपुरधाम । प्रदेश २ सरकारले विभिन्न समयमा भएका मधेस आन्दोलनमा शहीद भएकाको परिवारलाई ३ लाख उपलब्ध गराउने भएको छ ।

आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने भएको हो । मधेस आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई रु ३ लाखका दरले प्रदान गरिने प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले सोमबार आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आयआर्जनमा सहयोग पुर्याउने उदेश्यले यो रकम प्रदान गरिने बताए ।

यस्तै, मधेस आन्दोलनमा घाइतेलाई पनि रकम प्रदान गरिने उनले बताए । उनले घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको जानकारी दिए ।

प्रकाशित : २०७८ पुष २६, सोमबार १३:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ