नागरिकता माग्दै माइतीघरमा धर्ना


काठमाडौं । नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ । नागरिक संघर्ष समितिको अगुवाइमा धर्ना दिइएको हो ।

संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न धर्नामा बसेकाहरुले माग गरेका छन् । उनीहरूले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए । राष्ट्रको पहिचानको रूपमा रहेको नागरिकता समेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरूको गम्भीर आरोप छ ।

धर्नामा सहभागी भएकाहरूले ‘हामी नेपाली बाबु–आमामा सन्तान, कहिलेसम्म अनागरिक बन्नु पर्ने सरकार’, ‘संविधान अनुसार नागरिकको व्यवस्था गर’ भन्ने जस्ता प्लेकार्ड प्रर्दशन गरे । सरकार नागरिकता समस्या समाधान नगर्दा मधेसकै लागि मानिस समस्या झेल्न बाध्य छन् ।

प्रकाशित : २०७८ पुष २६, सोमबार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ