यौ’नका कुरामा खुल्दै विदेशीका श्रीमती, हेर्नुस् भिडियो


कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका–३ बुटाबारीकी गीतादेवी साउँद अहिले खुलेरै एचआइभी एड्सका बारेमा कुरा गर्न थाल्नुभएको छ । उहाँलाई एचआइभी भनेको सामान्य रोग जस्तै लाग्न थालेको छ ।

श्रीमान् वैदेशिक रोजगारमा रहे पनि दुई वर्षअघिसम्म उहाँले खुलेर एड्सका बारेमा कुरा गर्न सक्नुहुन्नथ्यो । न त सहज रूपमा जाँच गर्न सक्ने अवस्था नै थियो । समाजमा समेत यो रोगलाई हेर्ने दृष्टिकोण नकारात्मक भएकाले लुकेर जाँच गर्नुपर्ने अवस्था थियो ।

तर, अहिले समुदाय स्तरमै एचआइभीको जाँच हुन थालेपछि आफूहरूलाई सहज भएको उहाँको भनाइ छ । गीतादेवी साउँदमात्रै होइन, अहिले कञ्चनपुरमा रहेका प्रवासी परिवारका महिलाहरू खुलेरै एचआइभी एड्सका बारेमा कुरा गर्नसक्ने भएका छन् ।

एनएनएस डब्लु एले आप्रवासी परिवार र यौ’न व्यवसायीलाई लक्षित गरी एड्सका बारेमा जनचेतना फैलाउन थालेपछि कञ्चनपुरका प्रवासी परिवारका महिलाहरू त्यसबारे खुलेरै बोल्न सक्ने भएका हुन् । उनीहरुले आफू मात्रै सचेत नभइ श्रीमान् र समुदायमा समेत त्यसबारे सचेतना फैलाउन थालेका छन् ।

एनएनएस डब्लु एले घर–घरमा आएर जाँच गर्दा आफूहरूलाई टाढा–टाढा जानुपर्ने झन्झट हट्नुका साथै जोखिमबाट बच्न पनि सहयोग गरेको प्रवासीकी श्रीमती रेखा विक बताउनुहुन्छ । कञ्चनपुरमा एचआइभी संक्रमितको संख्या ६ सय ६ जना छ । जसमध्ये यो बर्ष मात्र १७ जना नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये ३ सय ६९ जनाले नियमित औषधी सेवन गरिरहेका छन् । प्रवासी र सीमावर्ती क्षेत्रलाई उच्च जोखिम क्षेत्रमा राखेर जनचतेनाता जगाउने र चेकजाँचको काम भइरहेको एनएनएस डब्लु ए का आप्रवासी र तिनीहरूको चरण परियोजना प्रमुख आरती सुनारको भनाइ छ ।

त्यसैले पछिल्लो समय ग्रामीण क्षेत्रका महिलाहरु एकआपसमा सचेत हुने र सचेतना जगाउने काममा खुलेरै लाग्न थालेका छन् । महिलाहरूको यस्तो कामलाई स्थानीय सरकारले पनि सहयोग गरे पक्कै पनि महिलाहरूको जीवनस्तरमा सुधार आउने थियो । – ईमेज खबर

प्रकाशित : २०७८ पुष २६, सोमबार २०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ