मधेस आन्दोलनका प्रथम शहिदलाई बिर्सिदै प्रदेश सरकार, लहानमा बलिदानी दिवस नमनाउने


जयनाथ यादव, लहान । मधेस आन्दोलनको उद्गम स्थल हो लहान, सिरहा । ०६३ सालमा तत्कालिन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा अन्तरिम संविधान जलाएपछि लहानबाटै आन्दोलन सुरु भयो ।

आन्दोलनका क्रममा लहानमा विद्यार्थी रमेश महतो शहिद भए । त्यसपछि आन्दोलन मधेसभर फैलिएको थियो । शहिद महतोको सम्झनामा हरेक वर्ष माघ ५ गते मधेसी दलले लहानमा बलिदानी दिवस मनाउन थाले । तर पछि विस्तारै मधेसी नेताहरु लहानलाई विर्सिन थालेका छन् ।

मधेस आन्दोलनकै बदोलत प्रदेश २ मा मधेसी दलको सरकार बन्यो । प्रदेश सरकारले सुरुमा लहानमै बलिदानी दिवस मनाए । तर यसवर्ष लहानमा प्रदेश सरकारले बलिदानी दिवस मनाउने छैन । प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले यसवर्ष राजविराजमा बलिदानी दिवस मनाउने बताएका छन् ।

लहानमा मनाउनुपर्ने बलिदानी दिवस राजविराजमा मनाउने भएपछि धेरै मधेसी नेता रुष्ट बनेका छन् । स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पक्कड बनाउन यसवर्ष राजविराजमै बलिदानी दिवस मनाउन लागेका छन् ।

यो पनि हेर्नुहोस् :
प्रदेश २ सरकारले शहीद परिवारलाई ३र३ लाख दिने तयारीमा
कृषि मन्त्री यादवलाई किसान आन्दोलनकारीले लखेटेपछि…
मुस्ताङ र मुगुबाहेक फेरी सबै जिल्लामा पुग्यो कोरोना

प्रकाशित : २०७८ पुष २७, मंगलवार ०९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ