जनकपुरमा रथयात्रा निकालेर यसरी मनाइयो पृथ्वी जयन्ती


जनकपुरधाम । नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाले ३००औं पृथ्वी जयन्तीको अवसरमा जनकपुरधाममा आज विहान ब्याण्डबाजासहित रथयात्रा निकालेको छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा सिंगारिएको रथमा उनको ठूलो तस्विर राखेर जनकपुरधामको विभिन्न भागमा परिक्रमा गरिएको छ । समाजका अध्यक्ष प्रकाश राणाको नेतृत्वमा निकालिएको रथयात्रामा सहभागीहरुले राष्ट्रिय झण्डा बोकेका थिए ।

यात्रामा सहभागीहरुले हिन्दु राष्ट्र कायम गर, राजा आउ हिन्दु धर्म बचाउ, हिन्दु धर्मको रक्षा गर जस्ता नारा लगाएका छन् । अध्यक्ष राणाले सरकारले राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक विदा नदिएकोमा आपत्ति जनाए ।

प्रकाशित : २०७८ पुष २७, मंगलवार १३:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ