नेपालमा कोरोना त्रासः १२ वर्षमा लाग्ने मकर मेला पनि स्थगित


काभ्रे । कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण काभ्रेको पनौति नगरपालिका ७ त्रिवेणीघाटमा १२ वर्षमा लाग्ने बृहत मकर मेला स्थगित गरिएको छ ।

आज जिल्ला कोभिड व्यवस्थापन समिति९डीसीएमसी०को बैठकले माघ महिनाभर चल्ने उक्त मेला नगर्ने निर्णय गरेको हो । डीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्र कुनै पनि सार्वजनिक स्थलमा हुने भेला तथा महोत्सव नगर्नका लागि मेला आयोजक समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सरकारले कुनै किसिमका मेला तथा महोत्सव नगर्न तथा २५ जनाभन्दा बढी बेला नहुन आग्रह गरेपछि मकर स्नानका लागि पनि भीडभाड नगर्ने र स्नानमा सहभागी हुँदा स्‍वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी व्यवस्था मिलाउने निर्णय गरिएको डीसीएमसीले जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा नागरिकको स्वास्थ्यलाई ख्याल गरी जिल्लामा पनि सजकता अपनाउन जरुरी रहेकोले महोत्सवका कार्यक्रम स्थगित गरिएको डीसीएमसीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष २७, मंगलवार १६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ