साउदीमा बन्धक बने नेपाली मजदुर दामोदार, २५ लाख तिर्नुपर्ने !


काठमाडौं । दस वर्षअघि साउदी अरब पुगेका दामोदर क्षेत्री अहिलेसम्म नेपाल फर्किएका छैनन् । उनी २५ लाख रुपैयाँ तिर्न नसक्दा नेपाल फर्किन नपाएका हुन् ।

बुटवल घर भएका दामोदर २०६८ सालमा यातायात कम्पनीमा सवारी चालक कामका लागि भनेर साउदी पुगेका थिए । विगत दस वर्षदेखि त्यहीँ अड्किएका उनले न कमाएका छन्, न फर्किएर आफ्नो परिवारसँग बस्न पाएका ।

परिवारका फोटा हेर्दाहेर्दै दशक बित्यो । ३७ वर्षमा विदेशिएका उनी ४७ वर्ष पुगिसके । सानै छाडेर गएका छोराछोरी हुर्किए । समय कुदिरह्यो, तर उनी फर्किने मौका अहिलेसम्म आएन । हरेक दिन परदेशमा बसेर परिवारको गुनासो सुन्दै चुपचाप बस्नुको विकल्पै छैन उनीसँग ।

उनी रहरले नफर्केका होइनन् । न कमाइ हुने आशले अडिएका हुन् । उनी त परदेशमा पैसा नभएर अड्किएका हुन् । उनले ७९ हजार साउदी रियाल अर्थात् करिब २५ लाख रूपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने छ ।

यत्रो पैसा कहाँबाट जुटाऊँ ? पैसा नभएकै कारण म जेलबाट निस्किएको एक वर्ष हुन लाग्दा पनि देश फर्किन पाएको छैन । साथीहरूसँग बसिरहेको छु- चार वर्ष जे’ल जीवन बिताएर निस्किएका दामोदरले भने । क्षतिपूर्ति नतिरेसम्म स्वदेश फर्किन पाउने छैनन् ।

कामको सिलसिलामा गाडी दुर्घटनामा परेपछि उनी पहिले अस्पतालमा उपचार गराए । त्यसपछि उनी जे’ल पुगे । जे’लबाट बाहिर त आए तर क्षतिपूर्ती बापतको रकम भने तिर्न सकेनन् । सोही कारण उनी साउदी अरबमै बन्धक बस्न बाध्य भएको सेतोपाटीमा समाचार छ ।

प्रकाशित : २०७८ पुष २७, मंगलवार १७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ