मधेसमा जलाइयो चिनियाँ राजदूत यान्छीको पुत्ला, यस्तो छ आरोप


सिबेन्द्र रोहिता, जनकपुरधाम । मधेसको जनकपुरमा चिनियाँ राजदुत होउ यान्छीको आज पुत्ला दहन गरिएको छ । हिन्दुवादी यूवाहरुको एक समूहले जनकचोकमा चीनविरुद्ध नाराबाजी गर्दै राजदूत यान्छीको पुत्ला दहन गरेका हुन् ।

प्राप्त जानकारी अनुसार राष्ट्रिय एकता अभियान धनुषाका संयोजक मनिष पूर्वेको नेतृत्वमा चिनियाँ राजदूत यान्छीको पुत्ला दहन गरिएको छ । अघोषित नाकाबन्दी गरेर दुःख दिएको आरोप लगाउँदै उनीहरु नाकाबन्दी खुल्ला गर भन्दै प्रदर्शन समेत गरेका छन् ।

प्रदर्शनकारीहरुले चिनिया हस्तक्षेप बन्द गर, सिमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुल्ला गर, नेपाली विद्यार्थीहरुको पढाई सुचारु गर जस्ता नारा उल्लेखित प्लेकार्ड बोकेका थिए ।

प्रकाशित : २०७८ पुष २७, मंगलवार २०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ