कृष्णनगरमा गुञ्जियो- संघीयता खारेज गर, हिन्दू राष्ट्र कायम गर


अजय मिश्र, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा संघीयता खारेज गर, हिन्दू राष्ट्र कायम गर नारा गुञ्जिएको छ ।

नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्तीको अवसरमा निकालिएको र्यालीमा सहभागीहरुले यस्तो नारा लगाएका हुन् । राष्ट्रीय प्रजातन्त्र पार्टी कृष्णनगर नगर कमिटीले पृथ्वी जयन्तीको अवसरमा कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्णनगर नगर कमिटी अध्यक्ष जय प्रकाश गुप्ता तथा प्रमुख अतिथिमा राप्रपाका पूर्व केन्द्रीय सदस्य पुष्पा रजौरिया र विशिष्ट अतिथिमा पूर्वमन्त्री इश्वर दयाल मिश्र लगायतको सहभागिता रहेको थियो ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा नदिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले सरकारमाथि आक्रोस पोखेका हुन् । उनीहरुले पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने भन्दै अब सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउनमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : २०७८ पुष २७, मंगलवार २०:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ