सिरहा, धनुषासहित १६ जिल्लामा कांग्रेस अधिवेशन माघ १५ मा पनि नहुने !


काठमाडौं । नेपाली कांग्रेसले माघ १५ गर्ने भनिएको सिरहा, धनुषासहित १६ वटा जिल्लाको अधिवेशन फेरि अनिश्चित बनेको छ ।

कोरना संक्रमण दर बढ्न थालेसँगै काँग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेको हो । कांग्रेसले सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ वटा जिल्लामा अधिवेशन गर्न बाँकी छ ।

महाधिवेशनअघि नै तल्लो तहको अधिवेशन गरिसक्नुपर्ने भए पनि सत्ताधारी दल कांग्रेसभित्रको आन्तरिक विवादका कारण यी १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन । यसअघि पुस २७ गते गर्ने भनी तय भएको जिल्ला अधिवेशन माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको १९ पदका लागि हुने निर्वाचनलाई देखाएर माघ १५ गते सारिएको थियो ।

कोरोना संक्रमणदर बढ्दै गएकाले माघ १५ गते तय गरिएको जिल्ला अधिवेशन पुनः अनिश्चित बनेको छ । माघ १५ मा अधिवेशन हुने भनेर सभापति र अन्य पदका आकांक्षीहरु पनि दौडधुप जारी राखेका छन् ।

प्रकाशित : २०७८ पुष २८, बुधबार ०९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ