प्रदेश २ : अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा अन्सारी नियुक्त


सिबेन्द्र रोहिता, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सतार अन्सारीलाई नियुक्त गरेको छ ।

सर्लाही घर भएका अन्सारीलाई हिजो प्रदेश सरकारले प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यो कार्यालय विगतमा संघीय सरकारको मातहतमा रहेको थियो । तर प्रदेश मातहतमा आएपछि मुजेलियामा कार्यालय स्थापना गरी कार्यकारी निर्देशकमा प्रदेश सरकारले अन्सारीलाई नियुक्त गरेको छ ।

प्रदेश मातहतमा आएको यो कार्यालयले प्रदेश विकासमा अहम भूमिका खेल्ने प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विश्वास व्यक्त गरेका छन् । उनका अनुसार यो कार्यालयले प्रदेशका जनप्रतिनिधिदेखि कर्मचारी समेतलाई प्रशिक्षण दिएर क्षमता अभिबृद्धि गर्नेछ ।

प्रकाशित : २०७८ पुष २८, बुधबार १२:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ