स्थानीय तह निर्वाचनको मिति तोक्न आयोगले बोलायो सर्वदलीय बैठक


काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहितका विषयमा छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।

बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई मिन्त्रणा गरिएको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुने छ ।

आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन् ।

२०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो । त्यतिवेला निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठ मा सकिँदै छ । म्याद सकिन लागेकाले स्थानीय तहमा निर्वाचनको तयारीमा नेताहरु जुटिसकेका छन् ।

प्रकाशित : २०७८ पुष २८, बुधबार १६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ