नेपालमा कोरोनाः एकैदिन थपिए ३ हजार ७५ संक्रमित


काठमाडौं । नेपालमा पनि तीब्र गतिमा कोरोना संक्रमण फैलिन थालेको देखिएको छ । पछिल्लो २४ घण्टामा आज ३ हजार ७५ जना संक्रमित भेटिएका हुन् ।

धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी मानिस कोरोना संक्रमित बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार सक्रिय संक्रमित संख्या ११ हजार ६९० पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : २०७८ पुष २८, बुधबार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ