लहानमा ब्राउन सुगरसहित तीन चौधरी पक्राउ


जयनाथ यादव, लहान । ईलाका प्रहरी कार्यालय लहानले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

लहान नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय प्रशान्त चौधरी, सोही ठाउँका २३ वर्षीय मिथलेश चौधरी र २९ वर्षीय साजन चौधरी पक्राउ परेका हुन् । उनीहरुको साथबाट ११ हजार नगद रुपैया र ५५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

बुधवार विहान करिब २ बजे लहान नगरपालिका वडा नम्वर १२ पडरिया चौकमा शंका लागेर चेकजाँच गर्दा ब्राउन सुगर बरामद भएपछि ईलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनालाई लहान प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । अत्यधिक महँगो हुने ब्राउन सुगरको कारोबार सिरहाका विभिन्न स्थानमा बढेको छ ।

प्रकाशित : २०७८ पुष २८, बुधबार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ