चौधरीका विरुद्ध उत्रिए दुगड, गोल्छा र मुरारका


काठमाडौं । नेपाल बंगलादेश बैंकमा रहेको बंगलादेशको इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आईएफआईसी)को सेयर चौधरी ग्रुपलाई बेच्ने सम्झौतालाई चुनौती दिँदै दुगड, गोल्छा र मुरारका समूहले अदालतको ढोका ढकढकाएका छन् ।

एमभी ग्रुपका अध्यक्ष मोतिलाल दुगडको नेतृत्वमा शेखर गोल्छा, पशुपति मुरारकासहित रहेको समूहले आईएफआईसीको निर्णय गलत भएको भन्दै आफ्नो समूहले सो बैंकको सेयर खरिदका लागि पहिल्यै सम्झौता गरिसकेको दाबी गरेका छन् । नेपाल बंगलादेश बैंकले आईएफआईसी र चौधरी ग्रुपबीच सेयर खरिद बिक्री सम्झौता भएको औपचारिक जानकारी नेपालमा सार्वजनिक भैनसकेको तर ढाका स्टक एक्चेञ्जको एक सूचनाले भने उक्त कारोबार खरिद बिक्री प्रक्रियामा प्रवेश गरिसकेको जानकारी दिएको छ ।

२०२१ डिसेम्बर अन्तिमतिर चौधरी ग्रुप र आईएफआईसी बैंक बंगलादेशबीच उक्त सेयर खरिदबिक्री सम्झौतामा हस्ताक्षर भइसकेको ढाका स्टक एक्चेञ्जमा आईएफआईसी बैंकले दिएको सूचनाले पनि पुष्टि गरेको छ । “इन्टरनेशनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्स बैंक लिमिटेड (आईएफआईसी बैंक)ले आईएफआईसी बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंक लिमिटेडको सम्पूर्ण सेयर बिक्री गर्न वार्ताको प्रक्रिया सुरु गरेको छ ।

यस सम्बन्धमा सम्भावित खरिदकर्तासँग सम्झौतापत्रमा हस्ताक्षर भएको छ,” ढाका स्टक एक्सचेञ्जमा २, जनवरी २०२२ मा आईएफआईसी बैंकको सूचना रहेको छ । तर, एमभी ग्रुपका अध्यक्ष मोतीलाल दुगडले भने आईएफआईसी बैंकले ९ महिना अगाडि नै उक्त सेयर आफूलाई बिक्री गर्ने सम्झौता गरेको भन्दै सम्झौतापत्रको कपीसहित अदालतमा मुद्दा दायर गरेका छन् । दुगडसहित उक्त सेयर शेखर गोल्छा, पशुपति मुरारकालगायतले खरिद गर्नेगरी सम्झौता भएको थियो ।

“हामीले २०२१ अप्रिल २ मा नेपाल बंगलादेश बैंकमा रहेको आईएफआईसी बैंकको सेयर खरिद गर्ने सम्झौता गरेको थियौं,” उक्त सेयर खरिद गर्न इच्छुक एक सदस्यले आफ्नो परिचय नखुलाउने शर्तमा भने, “हामीसँग भएको सम्झौतालाई यथास्थितिमै छोडेर डिसेम्बर २८ मा चौधरी ग्रुपसँग सेयर बिक्री गर्न अर्को सम्झौता गर्नु गलत भयो भनेर अदालत गयौं ।”

अहिले अदालत पुगेको समूहले, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल बंगलादेश बैंकको सञ्चालक समितिमा पनि आफूसँग भएको सम्झौता पत्र पठाएको तर त्यताबाट कुनै प्रतिक्रिया नआएपछि अदालत गएको उनीहरूले बताएका छन् । नेपाल बंगलादेश बैंकमा आईएफआईसी बैंकको ४०.९० प्रतिशत अर्थात् ३ अर्ब ६८ करोड २७ लाख ४२ हजार ६०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । हाल नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड ५४ लाख रहेको छ ।

राष्ट्र बैंक भन्छ- दुवै सम्झौता निर्देशन विपरित
नेपाल राष्ट्र बैंकका अनुसार बैंकको सेयर खरिद बिक्री सम्बन्धी व्यवस्था अनुसार दुवै समूहले गरेको सम्झौता राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत रहेको छ । एकीकृत निर्देशनको इ।प्रा नं १०र०७८ संस्थापक सेयर खरिद बिक्री सम्बन्धी व्यवस्था रहेको छ ।

सो व्यवस्था अनुसार संस्थापक सेयर धनीको चुक्ता पुँजीको दुई प्रतिशत वा सो भन्दा माथिको सेयर छ भने एकमुष्ट वा टुक्राएर बेच्न सकिन्छ । तर, यस्तो सेयर किन्ने पहिलो हक भने संस्थापकहरूकै लाग्छ । संस्थापकले सेयर किन्न सकेनन् वा पाएनन् भने मात्र तेस्रो पक्षलाई सेयर बेच्न सकिन्छ । तेस्रो पक्षलाई बेच्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने हुन्छ ९इ।प्रो निर्देशन १०र०७८ को खण्ड २० ।

नेपाल बंगलादेशको सेयर बिक्री गर्ने सम्बन्धमा बैंकले सूचना प्रकाशित गरेर सो का लागि बैंकका वर्तमान सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले निवेदन पनि दिएका थिए । तर राष्ट्र बैंकले सो निवेदन अयोग्य घोषणा गरिदिएको थियो ।

तर, आईएफआईसीले ढाका स्टक एक्सचेञ्जमा बिक्री गर्ने सम्झौता भएको पत्र पठाएको भएता पनि नेपालमा भने नेपाल बंगलादेश बैंकले भने बाहिरी व्यक्तिलाई सेयर बेच्ने सूचना समेत प्रकाशित गरेको छैन ।

राष्ट्र बैंकको स्रोत भन्छ, “नियमानुसार हेर्दा दुगडले दाबी गरेको सम्झौता र आईएफआईसीले ढाका स्टक एक्सचेञ्जमा चौधरी समूह सम्बन्धी दिएको दुवै सूचनाको कुनै अर्थ रहँदैन । राष्ट्र बैंकको इ।प्रा निर्देशन १०र०७८ को बुँदा २ खण्ड ९घ० मा भनिएको छ, सेयर खरिद गर्ने व्यक्ति वा संस्थाको फिट एण्ड प्रोपर टेस्ट अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ ।”

आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकको सेयर बिक्री गर्नको लागि एमभी ग्रुपसँग गरेको सम्झौताको जानकारी अहिलेसम्म नेपाल राष्ट्र बैंक र धितोपत्र बजार, नेपाल स्टक एक्चेञ्ज ९नेप्से० मा गराएको छैन ।

न चौधरी ग्रुपसँग भएको सम्झौताको जानकारी नै गराएको छ । यदि सार्वजनिक सूचना प्रकाशित भएर आवेदन दिए पनि चौधरीले चाहेजसरी सहज रुपमा ४०.९० प्रतिशत सेयर पूरै खरिद गर्न नमिल्ने ती अधिकारीको तर्क छ ।

नेपाल राष्ट्र बैंकको वर्तमान व्यवस्थाअनुसार एक व्यक्ति वा संस्थाले कुनै एक बैंकमा अधिकतम १५ प्रतिशत र अर्को बैंकमा १ प्रतिशत मात्रै सेयर खरिद गर्न पाइनेछ । यस आधारमा एक व्यक्ति वा उसको एकाघर परिवारले नेपाल बंगलादेश बैंकमा रहेको आईएफआईसी बैंकको पूरै सेयर खरिद गर्न सक्ने अवस्था रहँदैन ।

बैंकमा आईएफआईसी बैंकको ४०।९० प्रतिशत अर्थात् ३ अर्ब ६८ करोड २७ लाख ४२ हजार ६०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरीले श्रीमती सारिका चौधरीको नाममा सेयर खरिद गर्नेगरी सम्झौता गरेको स्रोतको दाबी छ । तर, चौधरीले १५ प्रतिशत मात्रै सेयर खरिद गर्न पाउने उनको तर्क छ । कसरी आईएफआईसीको पूरै सेयर खरिद गर्नेगरी सम्झौता गरे भन्ने चासो पनि रहेको उनको भनाइ छ ।

नबिल बैंकलाई एक नम्बरको बैंक राखिराख्न पनि मर्जरको आवश्यकता रहेकाले अहिले सेयर खरिद गरेर पछि नबिलमा मर्ज गराउने रणनीति भएको हुन सक्ने बताइएको छ । स्रोतको दाबी मान्ने हो भने पनि चौधरी र आईएफआईसी बैंक बंगलादेशबीच पहिले नबिल र नेपाल बंगलादेश बैंक मर्जर गर्ने र त्यसपछि सेयर खरिद बिक्री गर्नेगरी सहमति बनेको छ । बाह्रखरी

प्रकाशित : २०७८ पुष २८, बुधबार १८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ