धनुषाको कमलामा दर्जनौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश


मनोज मोरबैता, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टी परित्याग दर्जनौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न् ।

नगरपालिकाको वडा नम्बर ७ हठमुण्ढास्थित सामुदायिक भवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय युवा देवेन्द्र कुमार यादवको नेतृत्वमा नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशी नेता कार्यकर्तालाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष मो.अब्दुल खानले स्वागत गरे । उनले अबिर लगाएर तीन दर्जन नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराएको सो पार्टीका युवा नेता दिपेन्द्र तेथबारले जानकारी दिए ।

उक्त कार्यकर्ता भेटघाट कार्यक्रममा जनमत पार्टीकी केन्द्रिय सदस्य रेखा मण्डल, पार्टीका नेता संजय साह, जनमत पार्टी कमला नगरपालिकाका अध्यक्ष मनोज बनरैत, दलित जनमत संघ धनुषा अध्यक्ष रामसागर पासवानसहितका नेताहरुको उपस्तिथि रहेको थियो ।

प्रकाशित : २०७८ पुष २८, बुधबार २१:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ