कुन प्रदेशमा कति संक्रमित छन् आईसीयू र भेन्टिलेटरमा ?


काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमित बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९ कोरोना संक्रमित देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयको तथ्यांक अनुसार देशभर ८७ कोरोना संक्रमितको आईसीयूमा र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश १ मा ८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ५५ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा उपचारत छन् । गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा ९ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । सुदुरपश्चिममा ६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । आईसियू र भेन्टिलेटरमा उपचाररत संक्रमितको अबस्ता गम्भीर रहेको बताइएको छ ।

प्रकाशित : २०७८ पुष २९, बिहीबार ०५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ