सिरहाको लहजोरा नदीमा झण्डै २ करोडमा पुल बन्दै, करुन्याही र रजोखैरबासी खुःशी


टुडेखोज, लहान । सिरहाको बिष्णुपुर गाउँपालिका र कल्याणपुर नगरपालिका जोड्ने लहजोरा नदीमा पुल निर्माण भइरहेको छ । प्रदेश सरकारको १ करोड ८५ लाखको लागत पुल निर्माण सुरु भएको हो ।

उक्त पुल निर्माण सुरु भएपछि करुन्याही र रजोखैरका बासिन्दा खुशी भएका छन् । उक्त नदीमा पुल नहुँदा विष्णुपुर र कल्याणपुर पालिकाबासी वर्षायाममा समस्या झेल्दै आएका थिए ।

पुल निर्माणको निरीक्षण गर्न पुगेका प्रदेश साँसद एवं पूर्वराज्यमन्त्री सुरेश मण्डलले पुल निर्माण भएपछि दुई पालिकाबिच ओहोर दोहोर गर्न लगभग १ लाख जनतालाई सजिलो हुने बताएका छन् ।

उनका अनुसार विष्णुपुर र कल्याणपुर पालिकाबिचको सम्बन्ध समेत प्रगाढ हुनेछ । करुन्याही र रजोखैरबिचमा पर्ने भएकाले दुबैतिरका जनप्रतिनिधिहरुलाई रेखदेख र कामको गुणस्तरियताको जिम्मा दिएको छ । साथै यहाँका बासिन्दाको जीवन यापन सहज र सरल हुनेछ ।

प्रकाशित : २०७८ पुष २९, बिहीबार ०९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ