सोहेबको पहलमा बलकावाका सयौं दलित विपन्नले पाए कम्बल र खाद्यान्न


जयनाथ यादव, लहान । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ११ बलकावाका शीतलहर पीडित दलित विपन्नलाई कम्बल र खाद्यान्न सामग्री वितरण गरिएको छ ।

नेपाली सेना, Hesra Nepal, AZZIZ Foundation तथा रेडक्रसको संयुक्त सहयोगमा दलित विपन्नलाई कम्बल र खाद्यान्न सामग्री वितरण गरिएको हो । राहत वितरण समारोहमा नेपाली सेना २७ नम्बर बाहिनीपति सहायक रथी हेमराज केसी र श्री शेर गणका गणपति प्रमुख सेनानी सुमन थापाको उपस्थिति रहेको थियो ।

उद्योग व्यापार सङ्घका प्रवक्ता एवं समाजसेवी सोहेब अनवरको पहलमा करिब २ सय दलित तथा विपन्न परिवारले कम्बल र खाद्यान्न सामग्री पाएका हुन् । राहत पाएपछि दलित विपन्नहरुले दातृ संस्थाहरुप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित : २०७८ पुष २९, बिहीबार ०९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ