गोलबजारमा मोटरसाइकल दुर्घटना, कृष्णदेव यादवको मृत्यू


जयनाथ यादव, लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका ६ का कृणदेव यादवको मृत्यु भएको हो । प्रदेश न. २–०१–००१ प ५७५४ नम्बरको मोटरसाइकल दुर्घटनामा यादवको मृत्यू भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

अर्को मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ । सो विषयमा अनुसन्धान भइरहेको ईप्रका गोलबजारका इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।

प्रकाशित : २०७८ पुष २९, बिहीबार २१:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ