आज मधेसभर किसान महारैली, सिरहा आउँदै सीके राउत


जयनाथ यादव, लहान । जनमत पार्टीले आज सिरहा, धनुषा, महोत्तरीसहित मधेसका सबै जिल्लाको सदरमुकाममा ‘किसान महारैली’ गर्ने भएको छ ।

सरकारले किसानको मुद्दा सम्बोधन गर्न नचाहेर आन्दोलनलाई कमजोर ठानेपछि जनमत पार्टी शक्ति देखाउन लागेका हुन् । महारैलीको तयारी पुरा भएको जनमत पार्टीले जनाएको छ ।

किसान महारैली सिरहामा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत, वीरगंजमा पार्टीका उपाध्यक्ष बसन्त कुशवाहा र राजविराजमा नेता ईन्द्रजीत यादवले सम्बोधन गर्ने बुझिएको छ ।

किसान महारैलीमा अनिवार्य सहभागी हुन जनमतपार्टीले नेता कार्यकर्तालाई निर्देशन दिएको छ । साथै किसानहरुलाई सहभागी हुन समेत आह्वान गरिएको छ ।

किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने, उखु किसानको भुक्तानी दिलाउनुपर्ने लगायतका माग राखेर जनमत पार्टी आन्दोलनरत छ ।

प्रकाशित : २०७८ पुष ३०, शुक्रबार ०६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ