प्रदेश २ः बिहे गरेको २ महिना नपुग्दै युवतीको मृत्यु !


सर्लाही । हरिवन नगरपालिका ११ मा एक युवतीको शंकास्पद मृत्यु भएको छ । मालपोत कार्यालय नजिक घर भएकी १९ वर्षीया सञ्चिता गौतमको शव आफ्नै घरमा फेला परेको हो ।

उनको शव गएराति कोठामा झुण्डि’एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गएको मंसिर ५ गते मात्रै उनको स्थानीय सुशिल दाहालसँग विवाह भएको थियो । विवाहको २ महिना पनि नबित्दै उनी झुण्डि’एको अवस्थामा फेला गर्नुलाई स्थानीयले शंकास्पद रुपमा लिएका छन् ।

मृत्युको कारण नखुलेसम्म शव निकाल्न नदिने भन्दै स्थानीयले रोकेर राखेका बताइएको छ । इलाका प्रहरी कार्यालय हरिवनका अनुसार आफ्नै तीनतले घरको कोठामा पंखा झुन्ड्या’उने रडमा झुन्डि’एको अवस्थामा उनको शव फेला परेको हो ।

दाइजो लगायतको विषयमा पतिसहित परिवारका सदस्यले उनलाई मानसिक यातना दिँदै आएको दाबी माइती पक्षको छ । घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष ३०, शुक्रबार ०८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ