सिरहामा यादवमाथि छुरा प्रहार


जयनाथ यादव, लहान । सिरहाको नवराजपुर गाउँपालिका ४ नहनियाँका एक युवकमाथि छुरा प्रहार भएको छ । बिहीवार साँझ करिब ७ बजे स्थानीय रामरिझन यादवमाथि छुरा प्रहार भएको हो ।

पिठ्यूमा छुरा लागेर घाईते यादवलाई उपचारका लागि विराटनगर लगिएको छ । स्थानीय स्तरमा उपचार सम्भव नभएपछि उनलाई विराटनगर लगिएको नातामा दाई पर्ने दिपेन्द्र यादवले जानकारी दिए ।

नेकपा एकिकृत समाजवादी पार्टीका नवराजपुर गाउँपालिका अध्यक्ष रहेका दिपेन्द्रले घटनाको छानविन गरी दोषिमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

प्रकाशित : २०७८ पुष ३०, शुक्रबार १०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ