युवा संघले गठन गर्‍यो महाधिवेशन आयोजक कमिटी, हेर्नुस् सूची


काठमाडौं । नेकपा एमाले निकट युवा संघले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । पोखरामा सम्पन्न केन्द्रीय सचिवालय बैठकले यसअघिको कमिटी भंग गरी आयोजक कमिटी गठन गरेको हो ।

आयोजक कमिटी संयोजक किरण पौडेल रहेका छन् । यस्तै सह-संयोजकमा सञ्जित कुमार झा, क्रान्ति बुर्लाकोटी तोकिएका छन् । यसअघिका सबै पदाधिकारी कार्यालय सदस्य र विभागका प्रमुख बनेका छन् ।

संयोजक पौडेल र सहसंयोजक झा एमाले केन्द्रीय सदस्य हुन् ।अर्की सह संयोजक क्रान्ति बुर्लाकोटी १० बुँदे सहमतिपछि एमालेमा रहेको समूहबाट सह संयाजक बनाइएको हो ।

१० बुँदे समूहबाटै कृष्णहरी केसी कार्यालय सदस्य बनेका छन् ।युवा संघले १३ सदस्यीय कार्यालय टिम बनाएको छ । कार्यालय सदस्यको नाम घोषणा गर्दै युवा संघका इञ्चार्ज महेश बस्नेतले प्राविधिक कारण पदाधिकारी घोषणा नभएपनि कार्यालय सदस्यहरु नै पदाधिकारी हैसियतमा रहने बताए ।

यि हुन् सदस्यहरु :
अमित लामा
क्षितिज थेवे
सन्तोष रावल
अञ्जना अधिकारी
रमेश आचार्य
विष्णु घिमिरे
पुष्प श्रेष्ठ
रामजी सापकोटा
सुमन पुरी
उर्मिला सुनुवार

प्रकाशित : २०७८ माघ १, शनिबार १७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ