Breaking : हात्तीले एक सैनिकको ज्यान लियो


चितवन । जंगली हात्ती ध्रुवेले नेपाली सेनाका एक जवानको ज्यान लिएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका सेनाको हात्तीले ज्यान लिएको हो ।

घाइते भएका सेना जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको छ । निकुञ्जले मृतकको परिवारमा मानसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कोर इलाका ध्रुव क्षेत्रमा अचानक आएर हात्तीले सेनाको ज्यान लिएको छ । मृतक सेना जवान खड्ग दलमा अमलदारमा कार्यरत थिए ।

ध्रुवेले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो । ध्रुवेका कारण निकुञ्ज नजिक बस्ती भएका र निकुञ्जको बाटो भएर भरतपुर माडी आवतजावत गर्ने नागरिकमा त्रास बढेको बताइएको छ ।

प्रकाशित : २०७८ माघ २, आईतवार १०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ