Breaking- जसपाबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश


Todaykhoj, Janakpur । जनता समाजवादी पार्टी (जसपा)का एक वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिका १ का वडाध्यक्ष शेखर नुरुल्लाह शनिबार एमालेमा प्रवेश गरे । उनी तत्कालीन मधेशी जनअधिकार फोरमबाट निर्वाचित वडाध्यक्ष नुरुल्लाह हाल जसपामा थिए ।

एमाले स्थायी कमिटी सदस्य प्रभु साहको पहलमा वडाध्यक्ष नुरुल्लाह एमालेमा प्रवेश गरेको बुझिएको छ । वडाध्यक्ष नुरुल्लाहलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित : २०७८ माघ २, आईतवार ११:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ