६ सय ४० केजी माछा खाडल खनेर नष्ट पारियो


झापा । भन्सार छली भित्र्याइएको माछा प्रहरीले नियन्त्रणमा लिएर नष्ट पारेको छ । भारतबाट भित्र्याइएको १६ कार्टुन माछा प्रहरीले आइतबार बिहान गौरादह नगरपालिका ३ सहिद गेटबाट नियन्त्रणमा लिएको थियो ।

मे १ च ३६३२ नम्बरको म्याजिक भ्यानमा ल्याउँदै गरेको अवस्थामा भ्यानसहित ६ सय ४० केजी माछा नियन्त्रणमा लिएर नष्ट पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

नियन्त्रणमा लिएको माछा आइतबार मध्याह्न स्थानीय, पत्रकार, जनप्रतिनिधिलगायतको उपस्थितिमा खाडल खनी नष्ट गरेको डीएसपी पाठकको भनाई छ ।

प्रकाशित : २०७८ माघ २, आईतवार १८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ