सिरहामा एक महिलाको लाश भेटियो


टुडेखोज, लहान । सिरहाको गोलबजार नगरपालिका ३ नमूना दलित बस्ती नजिकै एक महिलाको लाश (शव) फेला परेको छ । अन्दाजी ५० वर्षीया महिलाको शव आईतवार विहानै फेला परेका थिए ।

महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ ।

चिसोले कठ्याङ्ग्रिएको उनको मृत्यू भएको अनुमान गरिएपनि पहिचान नखुल्दा घटना शंकास्पद देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गोलबजार प्रहरीको भनाई छ ।

प्रकाशित : २०७८ माघ २, आईतवार २१:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ