डीआईजीपीमा बढुवा मधेसी महिला सिंहलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)मा बढुवा भएकी पूजा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सिंह डिआइजीपी बन्ने पहिलो मधेसी महिला हुन् । प्रहरी महानिरीक्षक शैलेश थापाले प्रहरी प्रधान कार्यालयमा सोमबार साँझ आयोजित एक कार्यक्रमबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

यस्तै पदोन्नति भएका अन्य २१ प्रहरी अधिकृतलाई समेत दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्राविधिक प्रहरी नायव उपरीक्षक (एसएसपी) प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा भर्खरै बढुवा भएका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दज्र्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक थापाले बढुवा भएका प्रहरी अधिकृतलाई बधाई दिँदै बढुवासँगै थपिएको जिम्मेवारी वहन गर्न क्रियाशिल हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित : २०७८ माघ ४, मंगलवार ०९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ