नेपालमा २४ घण्टामै १० हजार बढी मानिसमा कोरोना पुष्टि


काठमाडौं । नेपालमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामै आज १० हजार भन्दा बढी संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ नमूनाको परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १७ हजार ८७२ नमूनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने ४ हजार ९५६ नमूनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा संक्रमण देखिएको छ ।

आज काठमाडौं उपत्यकामा मात्रै ५ हजार ७१४ जना संक्रमित थपिएका छन् । सोही अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६८ हजार २१५ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ३ हजार ९८३ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ ।

कोरोनाका कारण हालसम्म ११ हजार ६२४ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। जसमध्य ३७ हजार ८२६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेकामध्य १५१ जना आइसीयू र ५१ जना भेन्टिलेटरमा रहेका छन् भने १०० जना भेन्टिलेटरमा रहेका छन् । संक्रमण बढेपछि नेपालमा समेत त्रास बढेको छ । मानिसहरु सतर्कता नअपनाएपछि संक्रमण बढ्न थालेको विज्ञहरु बताउँछन् ।

प्रकाशित : २०७८ माघ ४, मंगलवार १६:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ