मधेस आन्दोलनको १५ वर्ष पुरा : आज बलिदानी दिवस, मधेसमा सार्वजनिक विदा


जयनाथ यादव, लहान । मधेस आन्दोलनको १५ वर्ष पुरा भएको छ । २०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको पहिलो मधेस आन्दोलनमा रमेश महतो पहिलो शहिद भएका थिए ।

पहिलो शहिद महतोको सम्झनामा मधेश केन्द्रीत दल र प्रदेश सरकारले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् । आज मधेस सरकारले प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १ सय ३ जनाले ज्यान गुमाएका थिए । बलिदानी दिवसको अवसरमा प्रत्येक बर्ष विभिन्न कार्यक्रम हुने गरे पनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउने गरेका छन् ।

प्रकाशित : २०७८ माघ ५, बुधबार ०६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ