मधेस प्रदेशसले पहिचान पायौं, अब सिंहदरबारका लागि लड्नुपर्छ : मन्त्री यादव


लहान । जसपा केन्द्रीय कार्यकारिणी सदस्य विजय कुमार यादवले मधेस प्रदेश र मधेस सरकार बनाउने सपना साकार भएको र अब सिंहदरबारका लागि लड्नुपर्ने बताएका छन् ।

मधेसका भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहेका उनले भने, ‘विगतमा प्रहरी चौकी होस् वा अन्य सरकारी कार्यालय सबैमा मधेस सरकार लेख्ने अभियान नै चलाएको थिए । तर आज त्यो सपना साकार भएको छ । अब बाँकी अधिकारका लागि अगाडी बढ्नुपर्छ ।’

सिरहामा मधेश आन्दोलनका प्रथमसहिद रमेश महतोको सम्झनामा आयोजित १५ औं बलिदानी सभालाई सम्बोधन गर्दै उनले मधेस प्रदेशले हामी सबैको पहिचान स्थापित भएको पनि उल्लेख गरे । उनले मधेस प्रदेश नामाकरण गर्न काँग्रेस र एमालेका साँसदहरुले पनि सहयोग गरेको बताए ।

उनले भने, ‘काँग्रेस र एमालेका साँसदहरुको मनमा पनि मधेस थियो । र रहनेछ । त्यसैले त पार्टीको नीति र निर्देशन नमानेर मधेस प्रदेशमा मतदान गर्नुभयो ।’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार ०७:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ