मधेसका मुख्यमन्त्रीको घरमा ढुङ्गा प्रहार गर्ने पटेल रिहा, फुलमालाले स्वागत


पर्सा । मधेसका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गर्ने नेपाली काँग्रेसका कार्यकर्ता सुमन पटेल रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले पटेललाई बुधवार सामान्य तारेखमा रिहा गेको हो । मुख्यमन्त्री राउतले फोन गरेर रिहा गर्न भनेपछि पटललाई साधान्य तारेखमा छाडिएको पर्साका प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

जनकपुरधामलाई प्रदेशको स्थायी राजधानी बनाएको विरोटमा सोमबार दिउँसो नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिले निकालेको जुलुसका क्रममा पटेलले वीरगञ्जस्थित मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार गरेर सिसा फोडेका थिए ।

पटेल रिहा भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले उनको फुलमाला लगाएर स्वागत गरे । प्रहरीका अनुसार अनुसन्धान अन्त्य नभएसम्म पटेलले जिल्ला प्रहरी कार्यालय पर्सा पुगेर दैनिक हाजेरी गर्नुपर्ने हुन्छ ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार ०७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ