अनलाइनबाटै जुवा : ग्राहक विदेशी, यि १२ जना यसरी पक्राउ परे


काठमाडौं । राजधानीमा विदेशीलाई लक्षित गरी अनलाइनमार्फत व्यवसायिक अनलाइन जुवा खेलाउने गरेको गरेको पाइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कीर्तिपुरमा कोठा भाडामा लिएर, कर्मचारीसहित राखेर अनलाइन जुवा खेलाउने गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका–६ चोभारका ३३ वर्षीय सुजेन्द्र थापा, सोही ठाउँका १७ वर्षीय मनिष थापा, १७ वर्षका समिर थापा, २७ वर्षीया कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर–१० का ४५ वर्षीय बुद्ध महर्जन र कीर्तिपुर–८ पाँगा का २० वर्षकी रोजा महर्जन छिन् ।

यस्तै, १९ वर्षीय साहिल महर्जन, १९ वर्षीया हनिशा महर्जन, ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, बझाङ केदारसिउ गाउँपालिका(५ घर भइ कीर्तिपुर बस्ने १९ वर्षीय बिनोद ठगुन्ना र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ घर भइ कीर्तिपुर बस्ने १७ वर्षीया रमादेवी श्रेष्ठ छन् ।

महाशाखाका अनुसार स्थानीय सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्ध महर्जनले कीर्तिपुर क्षेत्रमा अनलाइन जुवा खेलाउन सम्पूर्ण व्यवस्था मिलाएर ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइजरुपमा जुवा खेलाउन कर्मचारीहरुसमेत राखेको महाशाखाकाएक अधिकारीले बताए ।

त्यसरी खटिएका कर्मचारीहरुले फेसबुक आईडीमार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई जुवा, फायर काइरिङ, रिभर स्विप्स, रिभर मन्स्टर, भेगास एक्सलगायतका अनलाईन जुवा खेल्न लिंक सेयर गरि उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशि समेत पुरस्कारको रुपमा दिने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

जुवा खेल्नका लागि विदेशीहरुलाई डलर लोड गर्न लगाइने गरिएको पनि अनुसन्धानमा खुलेको छ । पक्राउ परेका संचालकले आफुहरुले १० महिनादेखि उक्त जुवा संचालन गर्ने गरेको र यस अवधीमा १ लाख अमेरिक डलरभन्दा बढी रकम जुवा खेलाइसकेको महाशाखाको जनाएको छ ।

उनीहरुको साथबाट दर्जनौँ थान मोबाइल र कम्प्युटर बरामद समेत भएको छ । प्रहरीले पक्राउ परेका सबै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । – नेपाल प्रेस

प्रकाशित : २०७८ माघ ६, बिहीबार १९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ