मन्त्री यादवले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : काँग्रेस सहमहामन्त्री


काठमाडौं । आफ्नो मर्यादा भुलेर अभिव्यक्ति दिएपछि जसपा नेतृ रेणु यादवको मन्त्री पद धरापमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवलाई राजीनामा दिन चौतर्फी दबाब परेको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पनि मन्त्री यादवकाे राजीनामा माग गरेका हुन् ।
पदीय मर्यादाविपरीत मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई मार्ने अभिव्यक्ति दिएको भन्दै आङ्देम्बेले उनको राजीनामा माग गरे ।

आङ्देम्बेले भने, `पदीय मर्यादाविपरीत मन्त्री रेणु यादवले हिजाे अभिव्यक्ति दिनुभयाे । जुन विल्कुल गलत छ । हिंसात्मक अभिव्यक्ति मन्त्रीबाट आउनुलाई कुनै पनि ढंगबाट उचित मान्न सकिँदैन ।´ राजीनामा दिन मन्त्री यादव तयार नभए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने उनकाे माग छ ।

जनता समाजवादी पार्टीबाट मन्त्री भएकी यादवले बुधबार राैतहटकाे गाैरमा जनमत पार्टीका कार्यकर्ताले कार्यक्रमस्थल जान अवराेध पुर्याएपछि अर्काे गाैर काण्डकाे चेतावनी दिएकी थिइन् । सोही कारण जनमत पार्टीले पनि मन्त्री यादवलाई बर्खास्त गर्न सरकारसंग माग गरिसकेको छ ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार २०:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ