धनुषामा पनि मास्क नलगाउनेलाई अब १०० रुपैयाँ जरिवाना लाग्ने


जनकपुरधाम । कोरोना संक्रमण बढ्दै गएपछि धनुषामा मास्क नलगाउनेमाथि कडाइ गरिने भएको छ । प्रशासनले आइतबारदेखि मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा मास्क लगाउनका लागि शुक्रबार र शनिबार दुई दिन जनचेतनामूलक कार्यक्रम गरिएको बताए । त्यसपछि पनि मास्क नलगाइएको पाइएमा सय रुपैयाँ जरिवाना असुल गरिने उनले बताए ।

आइतबारदेखि मास्क नलगाउनेसँग एक सय रुपैयाँ दरले जरिवाना असुली गरिने पौडेलले बताए । कोरोना संक्रमणदर बढ्दै गएपनि मानिसहरु सतर्कता अपनाउने गरिएको छैन, त्यसैले जरिवाना लिने निर्णय गरिएको उनको भनाई छ ।

प्रकाशित : २०७८ माघ ७, शुक्रबार १७:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ