मोटरसाइकल दुर्घटनामा वाइसिएलका नेताको मृत्यु


जनकपुरधाम । पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीको बागमती पुलमा भएको मोटरसाइकल दुर्घटनामा माओवादी केन्द्र निकट वाइसिएलका एक नेताको मृत्यु भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौली घर भएका करिव ३४ वर्षीय सुनिल बम्जनको गएराति बागमती नगरपालिका १२ स्थित बागमती पुलमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बम्जनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा रौतहटको चन्द्रपुर पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

माओवादी केन्द्र हरिवन नगर समितिले बम्जनको मृत्युप्रति दुःख व्यक्त गरेको छ । माओवादी केन्द्रले दुर्घटनाको छानविन गरी यथार्थ सार्वजनिक गर्न पनि माग गरेको छ ।

प्रकाशित : २०७८ माघ ८, शनिबार ०७:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ