एमाले अध्यक्ष ओलीमा कोरोना पुष्टि


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनदेखि स्वास्थ्यमा असहजता महसुस भएपछि ओलीले शनिबार पीसीआर विधिबाट परीक्षण गराएका थिए । उनको कोरोना रिपोर्ट पोजेटिभ आएको बुझिएको छ ।

ओली हाल बालकोटस्थित आफ्नै निवासमा आइसोलेट भएका हुन् । उनलाई हल्का रुघाखोकी र जिउ सामान्य दुख्ने समस्या देखिएको छ । उनी भेटघाट कार्यक्रमहरु तत्काल नगर्ने बताएका छन् ।

प्रकाशित : २०७८ माघ ९, आईतवार ११:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ