सिरहा : नदीमा तैरिरहेको अवस्थामा भेटियो पुरुषको शव


सिरहामा नदीको पानीमा भेटिए पुरुषको शव

सिरहा । सिरहाको गोलबजारमा नदिको पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

गोलबजार नपा ८ भाईजीटोलको पूर्वपट्टि मैनावत्ति नदीको निर्माणधिन पुल नजीक पानिमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।

आज विहानै स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेपपछि अहिले प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

लाश कसको हो भन्ने पानीबाट निकालेपछि केही खुल्ने प्रहरीले बताएको छ । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७८ माघ १०, सोमबार १०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ