शिक्षकका लागि कुन तहमा कति जनाले दिए आवेदन ? हेर्नुस् डिटेल


काठमाडौं । शिक्षक सेवा आयोगले खोलेको माध्यामिक तहको शिक्षक पदमा साढे ३६ हजारभन्दा बढीको आवेदन परेको छ ।

आयोगका अनुसार एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएका छन् । मावि तहको शिक्षक पदको लागि माघ ८ गतेसम्म आवेदन अवधि तोकिएको थियो ।

निमावि तहको पुस ७ गते खोलिएको विज्ञापनमा ८७ हजारभन्दा बढी र प्रावि तहमा ९८ हजार बढीले आवेदन दिएको आयोगले जनाएको छ । निमावि तहमा दोब्बर दस्तुरसहित माघ १५ गतेसम्म आवेदन भर्न सकिने छ भने प्रावि तहमा २० गते सम्म दोब्बर दस्तुरसहित आवेदन दिन सकिने छ ।

आयोगका अनुसार मावि तहका शिक्षण सेवाका लागि एक लाख ४४ हजार ३८१ जनाले लाइसेन्स लिएका छन् । यस्तै निमाविमा तहको शिक्षण सेवाका लागि तीन लाख ७० हजार १२ जनाले र प्रावि तहको शिक्षण सेवाका लागि दुई लाख दुई हजार ७१२ जनाले लाइसेन्स लिएका छन् ।

आयोगले मावि तर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ । निमावि र प्रावि तहको आवेदन दिने समयअवधि बाँकी रहेकाले यो संख्या अझै बढ्ने आयोगको अनुमान छ ।

प्रकाशित : २०७८ माघ १०, सोमबार १५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ