मन्त्री यादवको बचाउ र सीके राउतको विरूद्ध जसपाले महिलालाई सडकमा उतारे


जनकपुरधाम । हिंसात्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार मन्त्री रेणु यादवको बचाउमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले महिलाहरुलाई सडकमा उतारेको छ ।

मन्त्री यादवको बचाउ र जनमत पार्टीविरुद्ध जसपा निकट समाजवादी महिला संघले सोमबार मधेसको विभिन्न जिल्लामा प्रदर्शन गरेको हो । संघमा आबद्ध महिलाहरुले जनकपुर, राजविराज, गौर लगायतका स्थानमा प्रदर्शन गरेकी छन् ।

माघ ५ गते बलिदानी दिवस मनाउने क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवमाथि दुर्व्यहार गरेको भन्दै जसपाकी महिला कार्यकर्ताहरु सुरक्षा माग्दै प्रदर्शन गरेकी छन् ।

प्रदर्शनमा सहभागी महिलाहरुले अराजक गतिविधि बन्द गर, मन्त्री यादवलाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर, सीके राउत गो ब्याक, संघीयता विरोधी मुर्दावाद जस्ता नारा लगाएकी थिइन् ।

मन्त्री यादवले गौर घटना फेरी दोहोरिने र जनमत पार्टीका अध्यक्ष डा सीके राउतको ह त्या गर्ने अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिलाई लिएर मन्त्री यादवलाई बर्खास्त गर्ने आवाज उठेपछि जसपाले उल्टै जनमत पार्टीविरूद्ध महिलालाई सडकमा उतारेको हो ।

प्रकाशित : २०७८ माघ १०, सोमबार १८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ