मधेसमा ६ महिनामै दुर्घटनामा २९२ जनाको मृत्यू


जनकपुरधाम । मधेस प्रदेशमा सवारी दुर्घटनामा परी २ सय ९२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २ सय ५२ जना पुरुष र ४७ जना महिला छन् ।

प्रदेशमा ६ महिनामा २ हजार ८ सय ५९ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा ८ सय ८० जना महिला सहित ४ हजार २ सय ३८ जना घाइते भएको प्रहरीको तथ्यांक छ । ट्राफिक तर्फ २ सय ६८ वटा मुद्धा दर्ता भएको छ ।

धेस प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार ट्राफिक नियम उलंघन गर्ने १ लाख ३६ हजार ४ वटा विभिन्न सवारीका धनीलाई कारबाही गरेर प्रहरीले ११ करोड ८९ लाख २५ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

प्रकाशित : २०७८ माघ १०, सोमबार २०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ