यसरी मनाइयो गजेन्द्रनारायण सिंहको २० औँ स्मृति दिवस


राजविराज । नेपाल सद्भावना पार्टी नेपालका संस्थापक स्व. गजेन्द्रनारायण सिंहको सोमबार २० औँ स्मृति दिवस मनाइएको छ ।

गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले सप्तरी सहित तराई मधेसको जिल्लाहरूमा ‘मधेस प्रदेश नामकरण र गजेन्द्रनारायण सिंह’ विषय अन्तरक्रिया कार्यक्रमहरूको गरेको छ ।

अध्ययन केन्द्रले आज एक विज्ञप्ति जारी गजेन्द्रनारायण सिंहले सुरु गरेको अधिकार प्राप्तिको लडाइ केही हदसम्म सार्थक भएको उल्लेख गर्दै त्यसैको फल स्वरूप आंशिक रूपमै भए पनि मधेस प्रदेश पाएको उल्लेख गरेको छ ।

उनको प्रेरणा र विभिन्न समयमा भएका सङ्घर्ष, आन्दोलन र सहिदहरूको सहादतले मधेसी जनसमुदायको चाहना अनुसार थोरै भए पनि मधेसको मुद्दा स्थापित भएको केन्द्रको दाबी रहेको छ ।

सिंहको २० औँ स्मृति दिवसको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीका नेता/ कार्यकर्ताले गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको बिरामीहरूलाई फलफूल वितरण गरेका छन् । यस्तै राजविराज स्थित गजेन्द्र सिंहको सालिकमाथि माल्यार्पण गरिएको छ ।

प्रकाशित : २०७८ माघ १०, सोमबार २१:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ