निवर्तमान सभामुख महराको स्वास्थ्य अवस्था जटिल


काठमान्डौ, २७ असोज। उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ ।

महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ । प्रहरीले आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो ।

तर, उपचारमा संलग्न डाक्टरले उनलाई अस्पतालबाहिर लैजान नमिल्ने बताएपछि अस्पतालमै बयान लिने तयारी भएको हो ।

प्रकाशित : २०७६ आश्विन २७, सोमबार ०२:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ