सिरहामा जनमतको मशाल जुलुसः पक्राउ परेका कार्यकर्तालाई रिहा गर्न माग


टुडेखोज, लहान । जनमत पार्टीले किसान आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताको रिहाईको माग गर्दै आज सिरहा सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको छ ।

जनमतका कार्यकर्ताहरुले बिहीवार साँझ मशाल जुलुस निकालेका हुन् । जुलुसमा सयौं कार्यकर्ता सहभागी थिए । उनीहरुले किसान आन्दोलनका क्रममा परेका आफ्ना कार्यकर्ता रिहाई नगरे अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधवार जनकपुरमा जनमतका सात कार्यकर्ता पक्राउ परे । यसअघि पनि विभिन्न जिल्लामा जनमतका कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुको रिहाई नगरे कडा आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी छ ।

प्रदर्शनका क्रममा उनीहरुले किसानलाई मलखादको व्यवस्था गर, प्रहरी दमन मुर्दावाद, किसानको माग पुरा गर, किसानलाई पेन्सन दिउ जस्ता नारा लगाएका छन् ।

प्रकाशित : २०७८ माघ १३, बिहीबार १८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ