जनमतको पार्टी कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न माग


सर्लाही । जनमत पार्टीले सर्लाही जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनीमा संलग्नहरूलाई कारबाहीको माग गर्दै उजुरी दिएको छ ।

बिहीबार पार्टीको जिल्ला अध्यक्ष जवाहर यादव नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो । बुधबार मलंगवा नगरपालिका ८ स्थित जनमतको कार्यालयमा जसपा कार्यकर्ताहरूले तोडफोड र आगजनी गरेका थिए ।

जनकपुरधाममा जनमतका कार्यकर्ताले जनप्रतिनिधिहरूको गाडी तोडफोडको प्रतिकारस्वरूप जसपाका कार्यकर्ताले पनि तोडफोड र आगजनी गरेको बताइएको छ ।

प्रकाशित : २०७८ माघ १४, शुक्रबार ०७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ