Breaking- जनकपुरका सिंह बैकिङ कसुरमा पक्राउ


काठमाडौं । प्रहरीलाई बैकिङ कसुर मुद्दामा धनुषा जनकपुरधाम उपमहानगरपालिका ८ का ४९ वर्षीय कमलकुमार सिंहलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार काडाँघारीबाट पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिलाई जग्गा खरिद गर्ने र व्यापार गर्ने बहानामा ठगी गर्दै आएका थिए ।

पीडितमध्ये एक जनालाई उनले रकम नभएको ६० लाख रुपैयाँको चेक दिएका थिए । चेक बाउन्स भएपछि उनलाई प्रहरीले बैकिङ कसुर मुद्दामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले वर्ष दिनअघि पनि एक पीडितलाई रकम नभएको ६१ लाख रुपैयाँको चेक दिएका थिए । बाउन्स भएपछि पीडित अदालत गएका थिए ।

उच्च अदालत पाटनले उनलाई १५ पुस ०७७ मा १५ लाख रुपैयाँ धरौटी रकम माग गरेको थियो । तर, उक्त रकम तिर्न नसेकपछि उनी जेल गएका थिए ।

केही दिनपछि उनले धरौटी रकम बुझाएर जेल मुक्त भएका थिए । त्यसलगत्तै पुनः ठगी धन्दामा लगेको प्रहरीको भनाई छ । उनले अन्य व्यक्तिलाई लाखौँ रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित : २०७८ माघ १४, शुक्रबार १९:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ