मधेसका तीन जिल्लामा ५ सय बढी सक्रिय संक्रमित पुग्यो, हेर्नुस् डिटेल


काठमाडौं । नेपालमा पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमितहरु बढिरहेका छन् । हाल नेपालमा ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्लाको संख्या २० पुगेको छ ।

५ सय बढी सक्रिय संक्रमितमध्ये मधेसकै तीन जिल्ला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार धनुषा, सप्तरी र सिरहामा ५ सय बढी संक्रमित पुगेको छ । यस्तै मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासीपूर्व, तनँहु, बाके, रुपन्देही, दाङ र कैलालीमा पनि ५ सय बढी सक्रिय संक्रमित छन् ।

त्यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १८ वटा जिल्लाहरु रहेका छन् । उक्त जिल्लामा मधेसका पर्सा, बारा, महोत्तरी र सर्लाही छन् । यस्तै धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुरमा पनि २ सय बढी सक्रिय संक्रमित पुगेको छ ।

यसैबीच हाल नेपालमा होम आइसोलेशनमा ८८ हजार ०८४ जना, संस्थागत आइसोलेशनमा एक हजार ८५७ जना, आईसीयूमा २५६ जना र भेन्टिलेटरमा ४५ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा एक लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख ९९ हजार नौ मात्रा लगाइएको छ ।

प्रकाशित : २०७८ माघ १४, शुक्रबार २१:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ