पर्सामा चालकसहित २१ ट्याक्टर प्रहरीले समात्यो


पर्सा । खोलाबाट बालुवा उत्खनन गरेको भन्दै प्रहरीले वीरगन्ज महानगरपालिका १६ नगवाबाट चालकसहित २१ ट्याक्टर नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका ३२ स्थित भेडाहा खोलाबाट बालुवा ल्याएको आरोपमा चालकसहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चालक र ट्याक्टरहरु कारबाहीको लागि वीरगन्ज महानगरपालिकाको कार्यालयलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ माघ १५, शनिबार १०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ